प्रहरीमा एआइजीका तीन पद रिक्त

प्रहरीमा एआइजीका तीन पद रिक्त

काठमाडौं ।

नेपाल प्रहरीका एआइजी अरुण बिसीले बुधबारदेखि अवकाश पाएका छन् । उनको अवकाससँगै प्रहरीमा एआइजीका तीन पद रिक्त भएका छन् ।

यसअघि विश्वराज पोखरेल र मुकुन्दराज आचार्यले अवकाश पाएकोमा ती पद रिक्त छन् ।

रिक्त पदमा तत्काल बढुवाको सम्भावना नभएको गृह मन्त्रालय बताउँछ । चुनावपछि मात्र बढुवा हुने सम्भावना छ । आगामी २५ कात्तिकमा अर्का एआइजी रबिन्द्र धानुकले पनि अवकाश पाउँदैछन् । यद्यपी उनी प्रहरी नियमावली नै संशोधन गरेर जागिर लम्बाउने योजनामा छन् ।

रिक्त पदको बढुवाका लागि पहिलेदेखि नै तिव्र चलखेल छन् । जसमा बसन्तबहादुर कुँवर, अशोक सिंह, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली, उमेशराज जोशी, किरण बज्राचार्य, सन्दीप भण्डारी, मिरा चौधरी, रामदत्त जोशी, भिम ढकाल लगायत प्रतिस्पर्धामा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *