बर्दिया-२ मा रेशम चौधरीका बुवा लालवीर विजयी

बर्दिया-२ मा रेशम चौधरीका बुवा लालवीर विजयी

बर्दिया ।

बर्दिया-२ मा प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवार लालवीर चौधरी विजयी भएका छन् । रेशम चौधरीका बाबु समेत रहेका चौधरीले २६ हजार पाँच सय २० मतसहित विजयी भएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका सुरेश पन्थले २६ हजार तीन सय ८४ मत ल्याए । यसैगरी नेकपा एमालेका पङ्कजसिँह राठौरले १६ हजार ९० मत ल्याए भने राप्रपाका विनय रावलले १३ हजार दुई सय ९२ मत पाए ।

रेशमको उम्मेदवारी खारेजी भएपछि नागरिक उन्मुक्ति पार्टीले स्वतन्त्रमा उम्मेदवारी दिएका लालवीर चौधरीलाई सहयोग गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *