जाजरकोटबाट माओवादीका शक्तिबहादुर बस्नेतको ‘ह्याट्रिक’

जाजरकोटबाट माओवादीका शक्तिबहादुर बस्नेतको ‘ह्याट्रिक’

जाजरकोट ।

नेकपा माओवादी केन्द्रका उपमहासचिव शक्तिबहादुर बस्नेत जाजरकोटबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । सत्ता गठबन्धनका साझा उम्मेदवार बस्नेत एमालेका निरजप्रसाद आचार्यलाई ९ हजार ३१ मतान्तरले पराजित गरी विजयी भएका हुन् ।

बस्नेत ३४ हजार १५१ मत पाउँदा उनका निकटतम् प्रतिस्पर्धी आचार्यले २५ हजार १२० मत पाएका छन् । उनी  २०७० मा जाजरकट १  र ०७४ मा जाजरकोटबाट निर्वाचित  भएका थिए । योसँग जाजरकोटमा बस्नेतले जितमा ह्याट्रिक गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *