बङ्गलादेशसँग नेपाल पराजित

बङ्गलादेशसँग नेपाल पराजित

काठमाडौं ।

बङ्गलादेशमा आजदेखि सुरु भएको काभा यू–२३ पुरुष भलिबल च्याम्पियनशिपमा नेपाल आयोजक बङ्गलादेशसँग पराजित भएको छ ।

बङ्गलादेशको राजधानी ढाकामा भएको उद्घाटन खेलमा नेपाल बङ्गलादेशसँग ०–३ को सोझो सेटमा पराजित भएको हो । बङ्गलादेशसँग नेपाल पहिलो सेटमा २४–२६ ले पराजित भयो भने दोस्रो सेटमा २२–२५ ले पराजित भयो ।

त्यसैगरी नेपालले तेस्रो तथा अन्तिम सेट २१–२५ ले गुमायो । च्याम्पियनशिपमा आयोजक बङ्गलादेशसँगै नेपाल, श्रीलङ्का र किर्गिस्तान गरी चार टोलीको सहभागिता रहेको छ । नेपालले अब आफ्नो दोस्रो खेल भोलि श्रीलङ्कासँग खेल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *