महान फुटबल खेलाडी पेलेको आज अन्त्येष्टि गरिंदै

महान फुटबल खेलाडी पेलेको आज अन्त्येष्टि गरिंदै

एजेन्सी ।

विश्व फुटबलका महान खेलाडी पेले (एडसन अरान्ते दो नासिमेन्तो) को आज अन्तिम संस्कार गरिंदै छ । अन्तिम संस्कार अघि उनको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि ब्राजिलको साओपाउलोस्थित सान्तोस क्लबको रंगशालामा राखिएको छ ।

पेलेले दुई दशकभन्दा बढी सान्तोस क्लबबाट व्यावसायिक फुटबल खेलेका थिए भने ब्राजिललाई तीन पटक विश्वकप उपाधि दिलाएका थिए । उनको गत बिहीबार ८२ वर्षको उमेरमा अल्बर्ट आइन्सटाइन अस्पतालमा उपचारको क्रममा निधन भएको थियो ।

सो अस्पतालबाट आतिशबाजीसहित पेलेको पार्थिव शरीरलाई सान्तोस क्लबको रंगशालामा लगिएको थियो । उनीप्रति श्रद्धाञ्जली अर्पण गर्नेहरुको लामो लाइन लागेको छ । उनका प्रशंसकहरु दुई घण्टा भन्दा बढी समयसम्म लाइनमा बसेर श्रद्धाञ्जली अर्पण गरिरहेका छन् ।

२४ घन्टाको श्रद्धाञ्जलि सभापछि पेलेको अन्तिम संस्कार गरिने छ । अन्तिम संस्कारमा ब्राजिलका राष्ट्रपति लुला डा. सिल्भाको पनि सहभागिता रहने समाचार एजेन्सीहरुले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *