म्यानमारमा सेनाको गोली लागी सात वर्षीया बालिकाको ज्यान गयो

म्यानमारमा सेनाको गोली लागी सात वर्षीया बालिकाको ज्यान गयो

फाइल तस्वीर ।

काठमाडौं ।

म्यानमारमा सेनाले हानेको गोली लागेर सात वर्षीया बालिकाको मृत्यु भएको छ । सत्ता हातमा लिएर सैनिक कू गरेको सेनाले आन्दोलन दबाउन प्रदर्शनकारीमाथि गोली चलाएको थियो । गोली लागेर सात वर्षीया बालिका घाइते भएकी थिइन् ।

 

उनको उपचारका क्रममा मृत्यु भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । म्यानमारको मान्डेले शहरमा घरमा बसेकी बालिकामाथि सेनाले गोली हानेको थियो । बालबालिकाको क्षेत्रमा काम गर्ने संस्था सेभ द चिल्ड्रेनका अनुसार म्यानमारमा अहिलेसम्म २० जनाभन्दा धेरै बालबालिकाको मृत्यु भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *