एक यस्तो टेलिफिल्म जसले भारतको राजनीति र धर्मलाई सदाका लागि बदल्यो

एक यस्तो टेलिफिल्म जसले भारतको राजनीति र धर्मलाई सदाका लागि बदल्यो

बीबीसी/राहुल वर्मा

सन् १९८० को बीचको समयमा म मेरो ठूलो परिवारका अन्य सदस्यलाई भेट्न नयाँ दिल्लीमा आउने–जाने गर्थेँ । किशोरकालमा हिँडिरहेको मेरो लागि दिल्ली एक अलग संसार थियो ।

तर बसाईमा लण्डनमा मैले पढ्ने गरेको ब्याट्म्यानका कमिक्स छुट्थे र त्यसको साटो अमर चित्रकथा कमिक्सका किताब हात पथ्र्यो । लण्डनका टिभीमा चार वटा च्यानल आउँथ्यो भने भारतमा एउटै दुरदर्शनमा सीमित हुनुपथ्र्यो ।

त्यो समय दुरदर्शनको सबैभन्दा चर्चित कार्यक्रम थियो, रामायण । रामायण आउने दिन घरका हजुरबुवा, हजुरआमा, काका, काकी र अन्य भाईबहिनीसँग टिभी अघि बस्थेँ । हिन्दूहरुको धार्मिक काव्य रामायणलाई रामानन्द सागरले टेलिफिल्ममा रुपान्तरण गरेका थिए । रामायण युवराज राम, उनको १४ वर्षे वनबासको कथा वरिपरि केन्द्रित हुन्छ । वनबासको समयमा अपहरणमा परेकी श्रीमती सीताको बचाउमा रामले गरेको संघर्ष पनि कथाको केन्द्रमा छ ।

वनबास सकाएर रामको अयोध्या फिर्तीलाई अँध्यारोमाथिको उज्यालोको जित मान्दै दीपावली मान्ने हिन्दू, सिख र जैनमा चलन रहेको किम्बन्दी नै छ ।

सन् १९८७ र सन् १९८८ का १८ महिनाको अवधिमा रामानन्द सागरद्वारा निर्मित रामायण ७८ हप्ता चल्यो । ४५ मिनेट चल्ने रामायणका एपिसोड आइतबार बिहान भारतभरीको एकमात्र टेलिभिजन च्यानल दुरदर्शनमा आउने गथ्र्यो ।

रामायण भारतको टेलिभिजन इतिहासको सबैभन्दा लोकप्रिय टेलिफिल्म साबित भयो । यसको सबैभन्दा चर्चित एपिसोडहरु ८ करोडदेखि १० करोड मानिसले हेरेको मानिन्छ, जुन देशको कुल जनसंख्याको लगभग आठको एक भाग हो ।

रामायण सुरु हुनु अघि कसैले पनि यो टेलिफिल्म श्रृङ्खला साप्ताहिक भक्तिमा रुपान्तरण होला भनेर सोचेका थिएनन् । न्युयोर्क विश्वविद्यालयका मिडिया अध्ययनका प्राद्यापक अर्विन्द राजागोपालले रामायणको सामाजिक र राजनीतिक प्रभावबारे अध्ययन गरेका छन् । उनका अनुसार रामायण प्रसारण हुँदा ती दिन उत्तर भारतको सार्वजनिक जीवननै ठप्प हुन्थ्यो ।

‘रेल स्टेशनमा रोकिन्थ्यो, बस चल्दाचल्दै रोकिन्थे । यात्रुहरु सडक छेउमा रहेको टिभी हेर्न रेल र बसबाट ओर्लन्थे । धेरै भिडका कारण मानिसहरु टिभीको चित्र हेर्न वा आवाज सुन्न सक्दैनथे तर त्यसको कसैलाई मतलब हुँदैनथ्यो । किनकि मुख्य कुरा आफू त्यहाँ उपस्थित हुनुलाई मानिन्थ्यो ।’

टिभीको पर्दा पूजा

बीबीसीका सम्वादाता सौतिक विश्वासले सन् २०११ लेखेका रामायाण प्रासारण हुँदाको संस्मरणमा भनेका छन्, ‘सन् १९८० को दशकको बीचतिर आइतबार बिहान भारतका झण्डै सबैजसो पसलहरु बन्द हुने गरेको मलाई सम्झना छ । सकडहरु सुनसान हुन्थे । टिभीमा रामायण सुरु हुनुअघि घरका मानिसहरु नुहाउँथे र टिभी सेटलाई फूल माला लगाइदिन्थे ।’

दिल्लीको घरमा बस्दाको हाम्रो परिवारको दैनिकी पनि लगभग त्यस्तै हुन्थ्यो । ती दिन आइतबार बिहान मेरी हजुरआमाको दैनिकी यस्तो हुन्थ्यो– कार्यक्रम सुरु हुनुअघि उनी धूप बाल्ने गर्थिन् र घरको पुजाकोठामा पुजा सकाउँथिन् । त्यसपछि उनी खालीखुट्टा भूईमा बसेर घरका तीन पुस्तासँग बसेर टेलिफिल्म हेर्थिन् ।

मेरो हजुरआमाको विधिमा मन्दिरमा गरिने पुजाविधिको झल्को देखिन्थ्यो । पहिले भगवान दर्शन भनेर मन्दिरमा जानु भन्ने बुझिन्थ्यो भने रामायणपछि त्यो घरको टिभीको पर्दालाई पनि बुझ्न थालियो ।

‘रामायण हेर्नु मन्दिरमा भगवानको दर्शन गर्नुजस्तै रुपमा लिइन्थ्यो । कार्यक्रमअघि मानिसहरु पुजा गर्थे, टिभीमा फूलमाला र अबिर लगाउथेँ । मानिसहरुमा कार्यक्रमलाई लिएर भक्तिभावपूर्ण सोच थियो,’ रामायणमा रामको भूमिका निभाएका अभिनेता अरुण गोभिलले सम्झना गरे । टेलिफिल्मले गोभिलको जीवन बदलिदियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *