महन्थ ठाकुरसहित १६ जना साधारण सदस्य मात्रै रहने

महन्थ ठाकुरसहित १६ जना साधारण सदस्य मात्रै रहने

काठमाडौं ।

आफूलाई जनाता समाजवादी पार्टी (जसपा)का अध्यक्ष दावी गर्ने महन्थ ठाकुरसहित १६ जना अब साधारण सदस्य मात्रै रहने भएका छन् ।

ठाकुर पक्षलाई निकाल्ने जसपाको निर्णयलाई निर्वाचन आयोगले अद्यावधिक गरेको छ । योसँगै ठाकुर पक्षमा रहेका १६ जना जसपाका साधारण सदस्य मात्रै रहने भएको हो ।

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले जसपाको निर्णयलाई अद्यावधिक गरिएको जानकारी दिए । उनले भने, ‘दफा ५१ बमोजिम हेरफेर अद्यावधिक गरिएको हो । ५१ हटाएर ३५ सदस्यीयमा ल्याइएको थियो ।’

साउन ११ गते आयोगले उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिएसँगै यादवले ३५ सदस्य रहेको कार्यकारिणी समितिको अद्यावधिक गर्न पत्र पठाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *