आज दिउँसो सर्वदलीय बैठक बस्दै

आज दिउँसो सर्वदलीय बैठक बस्दै

काठमाडौं ।

आज सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठक बस्दैछ । दिउँसो साढे २ बजे बैठक संसद भवनको ल्होत्से हलमा बस्ने भएको हो ।

प्रतिनिधिसभामा एमालेले बारम्बार अवरोध जारी राखेपछि सहमति जुटाउनका लागि सभामुख सापकोटाले सर्वदलीय बैठक आह्वान गरेका हुन् ।

सभामुख सापकोटाको सचिवालयले सर्वदलीय बैठकमा संसदमा जारी गतिरोध अन्त्य लगायतका महत्वपूर्ण समसामयिक विषयमा केन्द्रीत रहने जनाएको छ ।

बैठकमा प्रधानमन्त्री एवं काँग्रेस संसदीय दलका नेता शेर बहादुर देउवा, प्रमुख प्रतिपक्षी नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओली, माओवादी केन्द्रका संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एसका संसदीय दलका नेता माधव कुमार नेपाल, जसपा संसदीय दलका नेता उपेन्द्र यादव र लोसपाका नेता महन्थ ठाकुरलाई बोलाइएको छ ।

यस्तै जनमोर्चाकी दुर्गा पौडेल, नेमकिपाका प्रेम सुवाल र राप्रपाका राजेन्द्र लिङदेनलाई आमन्त्रण गरिएको छ । २३ भदौ गतेदेखि सुरु भएको संसद अधिवेशनमा एमालेले संसद अवरुद्ध गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *