माओवादी केन्द्रले मन्त्रीको नाम टुङ्गो लगाउदै

माओवादी केन्द्रले मन्त्रीको नाम टुङ्गो लगाउदै

काठमाडौं ।

नेकपा माओवादी केन्द्रले आज दिउँसो १ बजे स्थायी कमिटी बैठक बोलाएको छ । पार्टीबाट सरकारमा पठाउने थप मन्त्रीहरुका बारेमा छलफल गर्न बैठक बोलाइएको हो ।

पार्टीका स्थायी समिति सदस्य हरिबोल गजुरेलका अनुसार आजको बैठकमा सरकारमा जाने थप मन्त्रीको नाम टुंगो लगाउने भएको छ । साथै, समसामयिक राजनीति विषयमा छलफल हुने भएको छ ।

गठबन्धन सरकारमा माओवादी केन्द्रले अर्थ र उर्जा मन्त्रालय पाइसकेको छ । अब माओवादीले बढीमा चार मन्त्री सरकारमा पठाउनेछ । माओवादी केन्द्रका कार्यालय सचिव श्रीराम ढकालले बैठकमा समसामयिक राजनीतिका साथै पार्टीका विभिन्न विभाग, आयोग, मञ्च लगायतको पूर्णता दिनेबारे छलफल हुने जानकारी दिएका छन् । बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडमा बस्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *