आठ डिएसपीको एसपीमा बढुवामा सिफारिस

आठ डिएसपीको एसपीमा बढुवामा सिफारिस

काठमाडौं ।

नेपाल प्रहरीका आठ डिएसपीको एसपी बढुवामा सिफारिस भएको छ । यसअघि बढुवामा छुटेका डिएसपीहरु सिफारिसमा परेका छन् ।

बढुवामा पर्नेहरुमा जनकबहादुर शाही, रामेश्वर कार्की, चक्रराज जोशी, रामहरी पाण्डे, अर्जुन प्रसाद तिमल्सिना, लक्ष्मीराज अधिकारी, रमेश पण्डित र अर्जुन रानाभाट छन् । केही दिनअघि मात्र एसपीबाट एसएसपीमा बढुवा सिफारिस भएको थियो । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री अध्यक्षताको बढुवा सिफारिस समितिले सो निर्णय गरेको हो ।
त्यस्तै शुक्रबार एसपीको सरुवा हुने सम्भावना छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *