सोमबारदेखि निर्वाचन आचार संहिता लागू हुने

सोमबारदेखि निर्वाचन आचार संहिता लागू हुने

काठमाडौं ।

माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि भोलि सोमबारदेखि निर्वाचन आचार संहिता लागू हुने भएको छ । आयोगले २६ पुसबाट आचार संहिता लागू गर्ने निर्णय गरेको हो ।आयोगलगे निर्वाचन आचार संहिताको पूर्ण रुपमा पालना गर्न गराउन सरोकारवालाहरुलाई निर्देशन समेत दिएको छ ।

आचार संहिताको पालना गर्नु सम्बन्धित सबैको कानूनी तथा नैतिक दायित्व भएको र उल्लंघन भएमा कानूनी कारवाही समेत हुने आयोगले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *