रुकुमकोटमा आगलागी नियन्त्रण नमुना अभ्यास प्रदर्शन

रुकुमकोटमा आगलागी नियन्त्रण नमुना अभ्यास प्रदर्शन

रुकुमकोट ।

रुकुम पूर्वमा आगलागी नियन्त्रण सम्बन्धी नमुना अभ्यास गरिएको छ । जिल्ला विपद ब्यवस्थापन समिति रुकुम पूर्वको आयोजनामा आईतबार सिंस्ने गाउंपालिका ५ स्थित नयां बसपार्कमा आगलागी नियन्त्रण सम्बन्धी नमुना अभ्यास गरिएको हो ।

आगलागी भएमा सुरुवाती अवस्थामा कसरी कुन साधन प्रयोग गरी निभाउन र नियन्त्रण गर्ने, आगोमा परी मृत्यु तथा घाईते भएकाहरुको उद्धार,उपचार पद्धति,बिस्थापित परिवारलाई कसरी पुर्नःस्थापित तथा राहत वितरण गर्ने लगाएतका बिषयमा नमुना अभ्यास गरिएको थियो ।

सशस्त्र प्रहरी बल गुल्म आश्रितका टोलीले ग्यास सिलिन्डरमा लागेको आगोलाई नियन्त्रण गर्न सक्ने ५ वटा विधिको बारेमा नमुना अभ्यास देखाउनुको साथै अग्नी फायर एक्स्टीङ्गगुईजर प्रयोग बारेमा जानकारी गराएको थियो । कार्यक्रममा नमुनाको रुपमा बनाइएका ५ वटा अस्थायी टहरामा आगो लगाई जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी टोली,नरसिंह दलगणका सेना,सशस्त्र प्रहरी बल,स्थानिय लगाएको पहलमा आगो नियन्त्रणमा लिइएको थियो ।

साथै घटनामा घाईते भएका सुत्केरी महिला,गर्भवती,अपांग,बालबालिका, अशक्त,वृद्धवृद्धाहरुलाई सुरक्षित स्थानमा राखिएको नमुना देखाउदै कम्बल,त्रिपाल,खाद्यान्न,लत्ताकपडा,भाडाकुडा लगाएका सामाग्री वितरण गरिएको थियो । जिल्ला प्रशासन कार्यालय,रेडक्रस,सिद्धार्थ सामाजिक बिकास केन्द्र, यूएनएफपीए, युनाइटेड मिसन टु नेपाल कलष्टर रुकुम पूर्व, सेभ हाउस लगाएतले उपलब्ध गराएका विभिन्न राहत सामाग्री सिस्ने गाउँपालिकाका अध्यक्ष कुमारी बराल गौतम र उपाध्यक्ष गोबर्धन बुढालाई हस्तान्तरण गरी उहाँहरु मार्फत वितरण गरिएको थियो।


कार्यक्रममा बोल्दै जिल्ला विपद ब्यवस्थापन समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी लक्ष्मी प्रसाद बांस्कोटाले आगलागीबाट बच्न र क्षति न्युनिकरण गर्न जनचेतना जगाउन नमुना अभ्यास गरिएको बताउनुभयो । समाजमा अझै पनि आगलागी सम्बन्धी जनजेतनाको अभाव रहेको उल्लेख गदै सामान्य गल्ती र हेलचेक्रयाईले ठुलो मात्रामा जनधनको क्षति भइरहेको बताउनुभयो । जिल्लामा आगलागीको घटना धेरै हुने र त्यसलाई नियन्त्रण गर्न सक्ने अवस्था हुदांहुदै पनि नागरिकलाई आगो नियन्त्रण बारे जानकारी नहुदा क्षति ब्यहोर्नु परेको समेत बताउनुभयो । प्रजिअ बांस्कोटाले नमुना अभ्यासले अब जिल्लामा हुने आगो लागिका घटनालाई नियन्त्रण गर्न टेवा पुग्ने बिशवास ब्यक्त गर्दै आगलागी नियन्त्रण गर्न सबै एकजुट भएर लाग्न आव्हान गर्नुभयो ।


प्रजिअ बांस्कोटाको अध्यक्षता रहेको कार्यक्रममा समन्वय प्रमुख गजेन्द्र बहादुर ओली, सिंस्ने गाउंपालिकाका अध्यक्ष कुमारी बराल गौतम, उपाध्यक्ष गोबर्धन बुढा, प्रहरी नायब उपरीक्षक गणेश बहादुर श्रेष्ठ, राजनैतिक दल,सरकारी तथा गैर सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, स्थानीय लगाएतको उपस्थिति रहेको थियो भने कार्यक्रमको संञ्चालन सशस्त्र प्रहरी नायव उपरीक्षक सुदन आचार्यले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *