प्रहरीका चार एसएसपी डिआइजीमा बढुवा

प्रहरीका चार एसएसपी डिआइजीमा बढुवा

काठमाडौं ।

नेपाल प्रहरीमा धेरै पछि ज्येष्ठताका आधारमा डिआइजी बढुवा भएको छ । चार रिक्त पदमा ज्येष्ठताक्रमअनुसार अघि रहेका नल प्रसाद उपाध्याय, मोहन कुमार आचार्य, राजेन्द्र चौधरी र मसाउँद आलम खाँ बढुवामा परेका हुन् । उनीहरुमध्ये चौधरीले आगामी १९ बैशाखमा अवकाश पाउनेछन् भने अन्य तीन जनाको जागिर अवधि ११ महिना छ ।

सिनियर टोलीमध्येका प्रदीप श्रेष्ठ भने बढुवामा छुटेका छन् । जुनियर टोलीका एसएसपी पनि बढुवाको दौडधुपमा रहेकोमा अन्ततः सरकारले सिनियरलाई नै बढुवा गरेर न्याय गरेको छ । यससँगै अब नयाँ टोलीको बढुवा चुनावपछि मात्र हुने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *