क्यान्सर अस्पताल खजुराको अध्यक्षमा मल्ल

क्यान्सर अस्पताल खजुराको अध्यक्षमा मल्ल

नेपालगंज ।

सरकारले सुशिल कोइराला प्रखर क्यान्सर अस्पताल विकास समितिको अध्यक्षमा टेकेन्द्र मल्ललाई नियुक्त गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भदौ १९ गते आइतबार युवानेता मल्ललाई अस्पताल विकास समितिको अध्यक्षमा नियुक्त गरेको हो ।
सञ्चालक सदस्यमा इमरान खान र दीपा केसी नियुक्त भएको अध्यक्ष मल्लले जानकारी दिए ।

एमाले नेता भक्तबहादुर केसीले अध्यक्ष पदबाट राजीनामा दिएपछि रिक्त रहेको समितिको अध्यक्षमा नियुक्त मल्ल नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियूका केन्द्रीय सचिव हुन् । सदस्य केसी काँग्रेस र खान जसपा सम्बद्ध हुन् । सरकारले बर्खास्त गरेपछि सर्वोच्च अदालतबाट पुनर्वहाली भएपनि केसीले पदलाई निरन्तरता दिएनन् ।

मन्त्रालयका अनुसार आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रीस्तरको निर्णयनुसार मल्ललाई अस्पताल विकास समिति गठन आदेश २०७३ को दफा ३ उपदफा २ (क) बमोजिम ३ वर्ष पदावधि रहने गरी नियुक्त गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *