नवराजको ‘पहेली बार’ सार्बजनिक

नवराजको ‘पहेली बार’ सार्बजनिक

नेपालगन्ज ।

निर्देशक नवराज सुवेदीको थारु भाषाको ‘पहेली बार ’ बोलको गीतको म्युजिक भिडियो सार्बजनिक भएको छ ।

बांकेको आकर्षक गन्तव्य गाभर होमस्टेमा छायांकन गरिएको गीतको भिडियो सोमबार आरकेसी युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको हो ।

दर्जनौ भिडियोसंगै पछिल्लो भिडियो ‘तोहार नथिया’ को सफलतासंगै हौसिएका निर्देशक सुवेदिको ‘पहेली बार’ थारु भाषाको पांचौ भिडियो हो ।

माया प्रेमसंगै थारु संस्कृतिलाई देखाइएको गीतमा तिलक चदारा र रितु चौधरीको आकर्षक नृत्य र अभिनय हेर्न सकिन्छ ।
उमेश मुस्कानको शब्द संगित, भरत शाहीको कोरियोग्राफर, केशव बडुको एरेन्ज रहेको गीतमा नेपालगंजका संचारकर्मी प्रमोद डि.जी. र अनु चौधरिको स्वर रहेको छ ।।


पछिल्लो समय थारु भाषाको गीतहरुको भिडियो बनाएसंगै आफ्नो छुट्टै स्थान र परिचय बनाउन सफल निर्देशक सुवेदीले यो गीतले दर्शक र श्रोताहरुको सजिलै मन जित्नेमा ढुक्क रहेको बताए । उनले चाडै नै आफुले       दर्शककालागी नेपाली आधुनिक गीतको भिडियो लिएर आउने समेत बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *