चलचित्र ‘सायरा’ घोषणा, आर्यन र सुफियाको मुख्य अभिनय

चलचित्र ‘सायरा’ घोषणा, आर्यन र सुफियाको मुख्य अभिनय

काठमाडौँ ।

नेपाली चलचित्र ‘सायरा’को औपचारिकरूपमा घोषणा गरिएको छ । भारतीय र नेपाली निर्माताले संयुक्त रुपमा निर्माण गर्न लागिएको चलचित्र ‘सायरा’ को मंगलवार होटल र्‍याडिसनमा एक कार्यक्रमका बीच घोषणा गरिएको हो ।

डिविआर मिडिया एन्ड प्रालिको प्रस्तुतिमा बन्न लागेको चलचित्रलाई  बलिउड निर्देशक विशाल देसाईले निर्देशन गर्नेछन्।प्रेमकथामा आधारित चलचित्रको लेखन र प्रस्तुति रघु परियारको रहेको छ चलचित्रमा अभिनेता आर्यन सिग्देल, कविता नेपाली र भारतीय अभिनेत्री सुफिया सिद्धिकीको मुख्य अभिनय रहने छ । सुफियाले एक दर्जन बढी बलिउड फिल्ममा अभिनय गरिसकेकी छन् । चलचित्रको घोषणा कार्यक्रमलाई उनले भिडियो सन्देशबाट सम्बोधन गरेकी थिइन् ।

दशैंपछि छायांकन सुरु हुने चलचित्रको ९० प्रतिशत अष्ट्रेलिया र १० प्रतिशत नेपालमा छायांकन हुने पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

पुष्कर झाले निर्माण गर्ने यस चलचित्र नेपाली र हिन्दी भाषामा प्रदर्शन गरिने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । ‘नेपाली भाषामा चलचित्र निर्माण हुन्छ र हिन्दीमा डब गरेर भारतमा पनि प्रदर्शन गर्छौ निर्माता झाले भने ।

कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले विश्व बजारमा नेपाली चलचित्रको विकास हुनुपर्ने र सायरा चलचित्रले पनि दर्शकको मन जित्न सक्ने आशा व्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *