बस दुर्घटना हुँदा रुकुम पूर्वमा चार जनाको मृत्यु

बस दुर्घटना हुँदा रुकुम पूर्वमा चार जनाको मृत्यु

रुकुम पूर्व।

रुकुम पूर्वमा बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । भूमे गाउँपालिका वडा नम्बर–३ स्थित क्याङ्सी बगरमा ग १ ख ९१०९ नम्बरको बस दुर्घटना भएको हो ।

दुर्घटनामा चार जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । घाइतेहरुको जिल्ला अस्पताल रुकुम कोटमा उपचार भइरहेको छ । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

मृतकहरुको सनाखत हुन बाँकी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *