सशस्त्रका डिआइजी बंशीराज दाहाल एआइजीमा बढुवा

सशस्त्रका डिआइजी बंशीराज दाहाल एआइजीमा बढुवा

काठमाडौं ।

सशस्त्र प्रहरी वलका डिआइजी बंशीराज दाहाल एआइजीमा बढुवा सिफारिस भएका छन् । हालै थप गरेको एआइजी पदमा उनको सिफारिस भएको हो ।

गृह मन्त्रालयमा बिहीबार राती बसेको बढुवा समितिको बैठकले उनलाई एकल बढुवा सिफारिस गरेको हो । बढुवा समिति सचिवालयका सदस्य सचिव राजु आर्यालले सिफारिस गरिएको सूचना जारी गरेका हुन् ।

सरकारले २१ भदौको मन्त्रिपरिषद् बैठकबाट सशस्त्र प्रहरीमा एउटा एआईजी दरबन्दी थप गरेको हो । योसँगै नयाँ संगठनात्मक स्वरूप निर्धारण (ओ एण्ड एम) अनुसार कार्य तथा सीमा विभाग फुटाइएको छ । जसअनुसार सीमा विभागमा बढुवा हुने एआईजीले कमाण्ड गर्नेछन् ।

उपत्यका बाहिनीमा रहेका डीआईजी दाहाल सिफारिस भएको सातदिनभित्र कुनै उजुरबाजुर नभए बढुवा हुनेछन् । उनी बढुवा बरियतामा एक नम्बरमा थिए । उनका प्रतिस्पर्धी किशोर प्रधान थिए ।

सशस्त्र प्रहरीमा डीआईजी दाहाल हालका महानिरीक्षक राजु अर्यालकै ब्याची हुन् । उमेरका कारणले उनी समेत महानिरीक्षक अर्यालपछि सशस्त्र महानिरीक्षक दौडमा मिसिएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *