सन्दीप लामिछानेविरुद्ध डिफ्युजन नोटिस जारी

सन्दीप लामिछानेविरुद्ध डिफ्युजन नोटिस जारी

काठमाडौं ।

बलात्कारको आरोप लागेका नेपाली क्रिकेटर सन्दीप लामिछानेविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको छ ।

प्रहरी प्रधान कार्यालय स्रोत अनुसार नेपाल प्रहरीको आग्रह अनुसार इन्टरपोलले लामिछानेविरुद्ध डिफ्युजन नोटिस जारी गरेको हो । यो संगै इन्टरपोलमा आवद्ध रहेका १३५ देशले आफ्नो देशमा सन्दीप भए नभएको खोजी गर्नेछन् ।

क्यारेबियनल लिग खेल्न नेपालबाहिर रहेका लामिछाने हालसम्म स्वदेश फर्किएका छैनन् । उनीमाथि एक किशोरीले बलात्कारको आरोपमा प्रहरीमा जाहेरी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *