बुधबारदेखि निर्वाचन आचारसंहिता लागु हुदैं

बुधबारदेखि निर्वाचन आचारसंहिता लागु हुदैं

काठमाडौं ।

निर्वाचन आयोगले भोलि (बुधबार) देखि निर्वाचन आचारसंहिता, २०७९ लागू गर्ने भएको छ ।

आयोगले भोलि असोज १२ गते बुधबारदेखि निर्वाचन आचारसंहिता, २०७९ लागू गर्ने निर्णय गरेको आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले जानकारी दिए । उनले भने, ‘आज राति १२ बजेपछि आचारसंहिता लागु हुन्छ । त्यो भनेको भोलि हो, आचारसंहिताको पालना र कार्यान्वयन गर्न सबैको सहयोगको अपेक्षा गरेको छु ।’

आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनका लागि आज १२ बजेबाट आचार संहिता लागू गर्ने भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *