आत्मनिर्भर लघुवित्तको आइपीओ बिक्री खुला
काठमाडौं । आत्मनिर्भर लघुवित्तले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई सोमबारदेखि आइपीओ बिक्री खुला गरेको छ । लघुवित्तले आज माघ १६ गतेदेखि आफ्नो जारी पुँजीको ६ करोड २३ लाख ३८ हजार रुपैयाँको ३२.६२५ प्रतिशत ले हुन आउने २ करोड ३ लाख ३८ हजार रुपैयाँको १० प्रतिशत अर्थात् २० हजार ३३८ कित्ता आइपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई बिक्री खुला गरेको हो । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले यसमा फागुन १ गतेसम्म आवेदन दिन सक्नेछन्।