मोटरसाइकल पल्टिँदा चालकको मृत्यु
सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१० रहरपुरमा मङ्गलवार राति मोटरसाइकल अनियन्त्रित भएर पल्टिँदा चालकको मृत्यु भएको छ । सो दुर्घटनामा एकजना घाइते भएका छन् । एयरपोर्टदेखि सानो सुर्खेत रहरपुरतर्फ जाँदै गरेको भे२प २९ ३४ नम्बरको मोटरसाइकल गएराती साढे १२ बजे पल्टिएको थियो । दुर्घटनामा मोटरसाइकल चालक वीरेन्द्रनगर नगरपालिका–७ का १९ वर्षीय चन्द्रबहादुर सिंजाली र पछाडि बस्ने वीरेन्द्रनगर नगरपालिका–१२ का २१ वर्षीय बलबहादुर कामी घाइते भएका थिए । उनीहरुलाई उपचारका लागि कर्णाली