करिनाले १२ करोड मागेपछि चलचित्र ‘द इन्कारनेसन–सीता’ मा कंगना फाइनल
मुम्बई । केवी विजयेन्द्रप्रसाद लिखित र अलौकिक देसाईको निर्देशनमा बन्न लागेको चलचित्र ‘द इन्कारनेसन–सीता’ निर्माण अगावै चर्चामा आएको चलचित्र हो । यो चलचित्रमा सीताको भूमिकाका लागि अभिनेत्री करिना कपुरलाई अफर गरिएको थियो । यद्यपि उनले १२ करोड पारिश्रमिक माग गरेपछि निर्माताहरू अर्को अभिनेत्रीको खोजीमा लागेको खबर आएको थियो । अन्ततः निर्माता टिमले सीताको भूमिकामा अभिनेत्री फाइनल गरेको छ । नवभारत टाइम्सका अनुसार यो भूमिकाका लागि अभिनेत्री कंगना रनौत ‘कन्फर्म’ गरिएको छ