नेपाल प्रहरीद्वारा एक अर्ब भन्दा वढीको लागुऔषधसहित सात जना विदेशी पक्राउ
काठमाडौैं । लागुऔषधसम्बन्धि अपराधको अनुसन्धानमा नेपाल प्रहरीले ऐतिहासिक सफलता पाएको छ । प्रहरीले एक अर्ब रुपैयाँ भन्दा धेरैको सेतो हेरोइनसहित सात जना विदेशीलाई पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्यूरोले दुबई हुँदै नेपाल आएका सात जना दक्षिण अफ्रिकी महिलालाई पक्राउ गरेको हो । उनीहरु पाँच वटा समूहमा आएका थिए । एउटै गिरोहले उनीहरुलाई नेपाल पठाएको आशंका गरिएको छ । ब्यूरोले बिहीबार पत्रकार सम्मलेन गरी यो ठूलो सफलताको सार्वजनिक