समाचार

ओमिक्रोन भेरियन्ट ‘खतरनाक भाइरस’ हो : डब्ल्यूएचओ

काठमाडौं । कोभिड १९ को ओमिक्रोन भेरियन्ट विशेष गरी खोप नलगाएका व्यक्तिहरूका लागि ‘खतरनाक भाइरस’ भएको विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओ का महानिर्देशक टेड्रोस एड्नोहम गेब्रेयससले बताएका छन् । ‘यद्यपि ओमिक्रोन डेल्टा भन्दा कम गम्भीर भाइरस हो तर विशेष गरी खोप नलगाएकाहरूका लागि भने यो खतरनाक नै हुन्छ’, टेड्रोसले कोभिड–१९ बारे पत्रकार सम्मेलनमा यो कुरा बताए । उनले यसको सङ्क्रमण दर तीव्र रहेको र सबैतिर फैलिएकाले सतर्क रहनसमेत आग्रह गरे ।

पछिल्लो २४ घण्टामा विश्वभर ३१ लाख बढीमा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३१ लाख ७५ हजार ५४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै विश्वभर कुल संक्रमितको संख्या ३२ करोड नाघेको छ । पछिल्लो केही दिनदेखि अमेरिका र युरोपमा संक्रमण बढेसँगै दैनिकसंक्रमितको संख्यासमेत उच्च हुन थालेको हो । पछिल्लो २४ घण्टामा अमेरिकामा ८ लाख ६ हजार, फ्रान्समा ३ लाख ५ हजार, इटलीमा १ लाख ८४ हजार, बेलायतमा १ लाख ९ हजार संक्रमित थपिएका छन् ।

देशका विभिन्न स्थानमा वर्षाको सम्भावना

काठमाडौं । देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । बिहान प्रदेश २ तथा बाँकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली छ । पश्चिम तथा मध्य तराईका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ । दिउँसो प्रदेश १ र २ तथा सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहनेछ । प्रदेश १ को पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना पनि रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । शनिबार प्रदेश १,

रिक्सा चालकको हत्यामा संलग्न पाँच जना पक्राउ

वीरगञ्ज । यही पुस २२ गते पर्साको वीरगञ्ज महानगरपालिका–२३ इटियाही, नारायणी बयोधा अस्पतालको पछाडि चौरमा मृतावस्थामा फेला परेका रिक्सा चालक भारतीय नागरिक ४५ वर्षीय मुख्तार मियाँको हत्या भएको खुल्न आएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार भारतको बिहार राज्य वैशाली घर भई हाल वीरगञ्ज–३ छप्कैया बस्दै आएका मियाँको हत्या भएको अनुसन्धानपश्चात खुल्न आएको हो । आपसी झगडा हुँदा फलामको रिन्चले टाउकामा प्रहार गरेर मियाँको हत्या गरिएको प्रहरीले जनाएको छ ।

१० किलो चरेससहित एक महिला पक्राउ

पर्सा । पर्सा प्रहरीले १० किलो लागुऔषध चरेससहित एक महिलालाई नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ गरेको छ । नेपालबाट भारतको रक्सौलतर्फ पैदल जाने क्रममा प्रहरीले रौतहट पिपरीया परोवा नगरपालिका–९ बङ्कुल टोल बस्ने ४२ वर्षीया रन्जु देवीलाई वीरगञ्जबाट पक्राउ गरेको हो । रन्जुको साथबाट प्रहरीले लागुऔषध चरेस बरामद गरेको प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिए । रन्जुले चरेसको प्याकेट बनाई शरीरका विभिन्न भागमा लुकाएको अवस्थामा बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ

काठमाडौंमा बसको ठक्करबाट एक महिलाको मृत्यु

काठमाडौं । काठमाडौं महानगरपालिका–१५ बुद्धपार्क स्वयम्भूस्थित सडकमा बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । सोमबार दिउँसो प्रदेश नम्बर १–०१–००१ ख ३७२३ नम्बरको बसको ठक्करबाट पहिचान नखुलेको एक करिब ६५ वर्षीया महिलाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । सोमबार दिउँसो बसको ठक्करबाट गम्भीर घाइते भएकी उनको मनमोहन अस्पताल स्वयम्भूमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

काठमाडौँ उपत्यकामा ‘स्मार्ट लकडाउन’ लागू गर्ने तयारी

काठमाडौं । कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रण व्यवस्थापनका लागि काठमाडौँ उपत्यकामा ‘स्मार्ट लकडाउन’ लागू गर्ने तयारी भएको छ । यस विषयमा छलफल गर्न उपत्यकाको तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीबीच मङ्गलबार संयुक्त बैठक तय गरिएको छ । कोभिड–१९ महामारीको नयाँ स्वरूप ओमिक्रोनको सङ्क्रमण बढ्न थालेपछि यसको नियन्त्रणका लागि तीनवटै जिल्लाको कोभिड–१९ सङ्क्रमण व्यवस्थापन केन्द्र (डीसीसीएसी)ले सम्बद्ध स्वास्थ्य अधिकारी तथा सरोकारवाला निकायसँग छुट्टाछुट्टै छलफल गरेको छ । जिल्ला प्रशासन कार्यालयबाट प्रदान गरिने

पहिलो पटक मानव शरीरमा सुँगुरको मुटु प्रत्यारोपण

काठमाडौं । विश्वमै पहिलो पटक मानव शरीरमा सुँगुरको मुटु प्रत्यारोपण गरिएको छ । अमेरिकाको बाल्टिमोरमा एक अमेरिकी नागरिकमा आनुवंशिक रूपमा परिवर्तन गरिएको सुँगुरको मुटु प्रत्यारोपण गरिएको हो । समाचार संस्था रोयटर्सका अनुसार सात घण्टा लामो शल्यक्रियापछि ५७ वर्षीय डेभिड बेनेटमा मुटुको प्रत्यारोपण सफल भएको हो । शल्यक्रियामा युनिभर्सिटी अफ मेरिल्यान्ड मेडिसिनको टिम संलग्न थियो । शल्यक्रियामा संलग्न चिकित्सकहरूले बेनेटको स्वास्थ्य अवस्थामा सुधार आइरहेको बताएका छन् । बेनेटको जीवन बचाउन यो

राष्ट्रपति भण्डारीद्वारा पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सिंहदरबार अगाडि रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेकी छन् । पृथ्वीजयन्तीको अवसरमा आज बिहान सिंहदरबार पश्चिम गेट अगाडि राष्ट्रपति भण्डारीले पृथ्वीनारायणको शालिकमा माल्यार्पण गरेकी हुन् । माल्यार्पणका लागि केही राजनीतिक दल, संघसंस्थाका प्रतिनिधि त्यहाँ पुगेका थिए ।

भारतमा पछिल्लो २४ घण्टामा एक लाख ८० हजार जनामा कोरोना संक्रमण

काठमाडौं । भारतमा दैनिक कोरोना संक्रमितको संख्या एक लाख ८० हजार नजिक पुगेको छ । सोमबार कोभिड-१९ का एक लाख ७९ हजार ७२३ नयाँ संक्रमित थपिएको भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयकले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १४६ जना संक्रमितको मृत्यु भएको छ । आज थपिएका संक्रमितसँगै हाल भारतमा सक्रिय संक्रमितको संख्या ७ लाख २३ हजार ६१९ पुगेको छ । त्यस्तै, दैनिक संक्रमण दर (पोजिटिभिटी रेट) १३.२९ प्रतिशत रहेको